झापा। झापामा सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
सोमबार साँझ झापाको कनकाई नगपालिका ८ सितल चोकको पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो र बिपरीत दिशा तर्फ जादै गरेको प्र.१–०१–०१३ प१४१७ नम्बरको मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा कनकाई ४ बस्ने वर्ष ५४ को देबराज सुबेदी गम्भिर घाईते भएका थिए।
गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागी बिर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो। उनको अस्पताल पुर्याए लगत्तै डाक्टरले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जनाएका छन् ।
सुवेदीको शब हाल अस्पतालमै रहेको जनाइएको छ । दुबै सवारी साधन र बोलेरो चालक जिल्ला पाँचथर हिलिहाङ गा.पा. ७ बस्ने वर्ष ३७ को होमप्रसाद सेन्चुरी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको जनाइएको छ ।