अभिनयमा अनुमति बिना प्रहरी पोशाक प्रयोग गरे कारबाही गर्ने प्रहरीको चेतावनी

प्रकाश सपुतको भद्दा संवादमा प्रहरीको आपत्ति, प्रहरी पोसाक दुरुपयोग गरे कारबाहीको चेतावनी

काठमाडौँ : आफ्नो म्युजिक भिडियो भाइरल बनाउने लोभमा गायक प्रकाश सपुतले प्रहरीको चरित्रमा रहेकी अभिनेत्री स्वस्तिमा खड्कामार्फत भद्दा संवाद बोलाएर ‘जाले रुमाल फाट्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेपछि नेपाल प्रहरीले विज्ञप्ति नै जारी गरेर अनुमति नलिई प्रहरी पोसाक प्रयोग गर्ने र दुरुपयोग गर्ने काम भए कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

सपुतले तीज केन्द्रित गरेर सार्वजनिक गरेको म्युजिक भिडियोको अन्तिममा गीतको कथानकसँग जोड्न आवश्यकै नभएको दृश्यसँगै भद्दा संवाद राखेका थिए। सो संवादको चर्को आलोचना भएपछि उनले म्युजिक भिडियो सम्पादन गरेका थिए।

EPIC EPIC EPIC

सामाजिक सन्देशको फैलाउने भन्दै उनले बनाउने अधिकांश म्युजिक भिडियो विवादमा आउने गरेको छ। केहीमा अनजानमा भएझैँ देखिए पनि हालै सार्वजनिक भएको म्युजिक भिडियोको अन्त्यमा उनले जानाजान भद्दा संवाद राखेको प्रस्टै देखिन्छ।

जातका कारण हुने अपराधलाई कथाको मुल विषय बनाएको म्युजिक भिडियोमा एक प्रहरी कर्मचारीले गरेको सफल अनुसन्धानलाई देखाइएको छ। जातीय विभेदको अन्त्यको सन्देश दिने स्क्रिप्टमा प्याड अनि महिलाको अंग मेरै त हो नि भन्ने पुरुष अहमता भरिएको संवाद राखेका थिए।

डिएसपीको पोसाक लगाएकी स्वस्तिमालाई महिनावारीको समयमा प्रयोग हुने प्याड दिएपछि राखिएको संवाद कसरी सामाजिक चेतनासँग जोडिन्छ यसबारे सपुत मौन छन्।

उनले सम्पादन गरेकी भिडियोबाट त्यो संवाद  अनि दृष्य नराखे पनि उनले गीत मार्फत दिन खोजेको सन्देश पूर्ण थियो भन्ने पुष्टी भएको छ। यसले समेत प्रकाशको मनमा भाइरलको लोभ तर बाहिर देखाउँदा सामाजिक चेत भनेर प्रचार गराउन खप्पिस रहेको देखिन्छ नै।

बुधवार प्रहरी प्रवक्ता कुवेर कडायतले जारी गरेको विज्ञप्तिमा सपुतको म्युजिक भिडियो नै भनेर उल्लेख गरिएको छैन। तर भाषाले उनकै म्युजिक भिडियो लक्षित रहेको प्रस्टै देखिन्छ। विज्ञप्तिमा नेपाली चलचित्र, टेलिचलचित्र, साङ्गीतिक भिडियो एवम् फेसबुक,टिकटक लगायतका सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरुपयोग भएको उल्लेख गरिएको छ।

चार बुँदे विज्ञप्तिमा प्रहरी पोसाक प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालयको श्रब्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार भिडियोको स्क्रिप्ट समेत खुलाइ पूर्व स्वीकृति लिनुपर्ने उल्लेख गरेको छ।

शाखाको पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसार बाहेक अन्य कुनै प्रयोजनका लागि प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न भनिएको छ।

तेस्रो बुँदामा हालै कांग्रेसका प्रदेश सांसदले सार्वजनिक कार्यक्रममै प्रहरी कर्मचारीको परिवारका सदस्यको हत्या गर्ने भन्दै दिएको चेतावनी लक्षित छ। विज्ञप्तिमा प्रहरी कर्मचारीले व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी पुरा गर्दा निजहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य र अभिव्यक्ति नदिन र नगर्न उल्लेख गर्दै यस्तो भएमा कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *