काठमाडौं- काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले कोटेश्वरमा खुला रुपमा फोहोर फाल्ने १६ जनालाई पक्राउ गरी कारबाही गरेको छ।
बुधबार बिहान सडकमा फोहोर फालिरहेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिइएको महानगरपालिकाले जनाएको छ। नगर प्रहरीले उनीहरूलाई जरिवाना तिराएर छाडेको छ। उनीहरूलाई रु ७२ हजार जरिवाना तिराइएको हो।
महानगरले कोटेश्वरमा प्रत्येक दिन बिहान ६ बजे फोहोर संकलन गर्ने गाडी पुग्ने गरेको दाबी गरेको छ। तर पनि बाटैमा फोहोर फाल्ने गरिएको भन्दै महानगरले जरिवाना तिराएको हो।