Search
Close this search box.
Search
Close this search box.

दुई महिनाको अवधीमा सर्पले डसेर ६ जनाले ज्यान गुमाए

तुलसीपुर- दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए।

साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए। त्यस्तै, साउन र भदौमा छ-छ बालबालिकालाई सर्पले टोकेको थियो।

EPIC

सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरूष तथा भदौमा एक पुरुषको मृत्यु भएको हो।

जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिंगे लैजाने गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *