भारतको जयपुरमा सुटकेस भित्र नेपाली महिलाको शव फेला

जयपुर। भारतको जयपुरमा सुटकेसभित्र एक नेपाली महिलाको फेला परेको छ। 

बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीया ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिना अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ।

EPIC EPIC EPIC

चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए। प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्। दुवै जना पश्चिम बङ्गालका हुन्। स्वपन वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ। उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ।

स्वपनले नै महिलालाई ४ महिनाअघि दिल्लीबाट ल्याएर पहिले होटेलमा राखेको र पछि एउटा फ्ल्याटमा राखेको अनुसन्धानबाट खुलेको छ। प्रहरी स्रोतका अनुसार केही दिनअघि मृतक र स्वपनबीच विवाद भएको थियो। विवादकै क्रममा महिलाको हत्या गरेर उनको शव नहर्ग्राहमा फालिएको प्रहरी बताउँछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च