हात्ती नियन्त्रणका लागि बाहुनडाँगीमा कागती खेती

मेचीनगर। दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका रुपमा कागती खेती सुरु गरिएको छ। मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन्।

कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएका हुन्। बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धानको साटो व्यावसायिक कागतीखेती भइरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताए।

EPIC EPIC EPIC

उन अनुसार वडा नम्बर ४ मात्र व्यावसायिक रुपमा कागतीखेती गर्ने किसान २५ भन्दा बढी छन्। उनले विगत चार वर्षअघि किसानलाई निःशुल्क रुपमा कागतीको विरुवा नै वितरण गरिरहेको बताए।

‘आठ वर्षअघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो,’ उनले भने, ‘तर बैंकसँग कागती रोप्नेभन्दा ढुङ्गामुढा लगाउन सस्तो पर्ने भएपछि कागती खेती भएन।’

वडा नम्बर ४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर वार्षिक रु २५ लाख आम्दानी गरेको बताए। उनले धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिविघा रु पाँच लाख बढी नाफा भएको बताए। उनले चार वर्षअघि दुई विघा जमिनमा धानको साटो कागतीखेती सुरु गरेका हुन्।

विरुवा लगाएको तीन वर्षदेखि कागतीले आम्दानी दिन सुरु गरेको उनले बताए। उनले बाह्रै महिना फल्ने सुनकागतीको खेती गरेका छन्।  कागती किन्नका लागि विर्तामोड, धुलाबारी, काँकरभिट्टाका व्यापारीहरु घरमै आउने गरेको उनको भनाइ छ। बगानमै प्रतिकेजी रु ७५ ले कागती बिक्री हुँदै आएको उनले जानकारी बताए।

‘धान तथा मकै बाली भित्र्याउन हात्तीले दिँदैनथ्यो,’ उनले भने, ‘तर कागती खेतीमा भने समस्या छैन।’ उनले हाल स्थानीय ६ जनालाई रोजगारी दिइरहेका छन्। राम्रोसँग गोडमेल, समयमै मल, पानी गरेर स्याहार गर्न सके प्रतिबोटमा ६ हजार दानासम्म फलाउन सकिने उनको अनुभव छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च