झापाली समाज युएईले आइतबार दुबईमा एक कार्यक्रम गरी नेपाली ब्यवसायी केशवबहादुर कार्कीको सम्मान गरेको छ।
आबुधाबीमा रियल स्टेट, क्लिनिङ सर्भिस, हार्ड्वेयर, पार्लर एवं रेस्टुरेन्ट क्षेत्रको ब्यवसाय गरी १ सय ५० जना भन्दा बढी अप्ठ्यारोमामा परेका नेपालीहरुलाई रोजगारी दिएको भन्दै समाजले सम्मान गरेको हो।
कार्कीले हाल आबुधाबी बिभिन्न ५ कम्पनी संचालनमा ल्याई नेपाली समुदायको नाम उच्च राखेका छन्।
सम्मानित कार्कीले मिहिनेत गरे जुनसुकै भुगोलमा पुगेपनि पहिचान बनाउन सकिने उल्लेख गरे। उनले झापाली समाजको सम्मानले आँफुमा थप जिम्मेवार बन्न प्रेरणा मिलेको उल्लेख गरेका छन् ।
समाजले हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसर पारी युएईमा रहेका झापाली नारीहरुलाई दर खुवाउने कार्यक्रम समेत सम्पन्न गरेको छ।
झापाली समाज युएईका उपाध्यक्ष लिला बिमलीको सभापतित्वमा भएको कार्यक्रममा गैर आवसिय नेपाली युरोपका संयोजक एवं वी ड्रीम प्रपर्टीका संचालक ललितकुमार न्यौपानेको प्रमुख आतिथ्यता रहेकि थियोे।
कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष अमरराज राईले अतिथीहरुलाई स्वागत गरेका थिए। उनले झापाली समाज युएईका गतिविधिबारे प्रकास पार्दै निरन्तर एकजुट भएर लाग्न अनुरोध गरेका थिए।
झन्डै १०० बढी झापालीको उपस्थितिमा भएको कार्यक्रममा बिभिन्न समयमा समाजले गरेका गतिविधिमा सहयोग गर्ने पदाधिकारी एवं ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो।
झापामा निर्माणाधीन नाटकघर ” झापा नाटकघर ” निर्माणका लागी समाजले १ धुर जग्गा सहयोग यसअघि नै गरिसकेको छ।
सोही अवसरमा जग्गा खरिद गर्न सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो।

झापाली समाज युएईले परदेशमा जोखिममा परेका झापालीहरुलाई औषधोपचारमा सहयोग गर्ने गरेको छ।
समाजले हरेक बर्ष जिल्लाका सबै पालिकाका १ विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ललितकुमार न्यौपानेले सम्पुर्ण नेपाली समुदायको नाम रहने गरी काम गर्न झापाली समाजलाई अनुरोध गरेका थिए।
कार्यक्रमका सभापति लिला बिमलीले बिदेशी भुमीमा समेत माइतीले सम्झिएर दर खुवाएको भन्दै धन्यवाद एवं शुभकामना ब्यक्त गरेकी थिइन्।
आइतबार दुबई स्थित सान मारियो होटलमा आयोजित कार्यक्रममा नयाँ सदस्यहरुले समेत सदस्यता लिएका छन्। झापाली समाज युएईमा हाल १ हजारको हाराहारीमा सदस्यहरु रहेका छन् ।
हरितालिका तिज एवं सम्मान कार्यक्रमको संचालन झापाली समाज युएईका परिकल्पनाकार एवं पत्रकार रामप्रसाद ढुङ्गेलले गरेका थिए।



















