आज झापा कारागारका १८ कैदीले आममाफी पाउँदै

आज असोज ३ अर्थात संविधान दिवसको अवसरमा झापा कारागारका १८ जना कैदीले कैद सजाय माफी पाउने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले देशभरिका ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेकोमा त्यसमध्ये झापा कारागारका १८ जना परेका हुन् ।

EPIC EPIC EPIC

आफूहरुले ३५ जनाको नाम सिफारिस पठाएकोमा १८ जनाको मात्र कैद सजाय मिनाहा भएको झापा कारागार प्रमुख मोहन पनेरुले बताए । उनले कोशी प्रदेशका १८० जना कैदीले कैद सजाय माफी पाएको जानकारी दिए । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च