गणतन्त्रवादी नेता “मायालु”को निधन

पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा क्यान्सर रोगबाट गए राति निधन भएको छ । ‘मायालु’को उपचारका क्रममा वीर अस्पतालमा निधन भएको उनका भाइ छविलाल भट्टले जानकारी दिए ।

गणतन्त्रवादी नेताका रूपमा परिचित उनी ०५६ सालमा बर्दिया क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

EPIC EPIC EPIC

वि.सं. २००४ मा डडेलधुराको डुंगरी भन्ने ठाउँमा जन्मिएका उनले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका थिए ।

०४२ सालको बमकाण्डपश्चात् तत्कालीन सरकारले उनको सम्पत्ति सर्वस्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए । उनका दुई छोरा छन् । श्रीमतीको यसअघि नै निधन भइसकेको थियो । उनको आजै पशुपति आर्यघाट अन्त्येन्टि गरिनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च