चिनीको भाउ प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको छ ।
एक महिनाअगाडि मात्रै प्रतिकेजी १०० रुपैयाँमा कारोबार भएको चिनी अहिले बढेर १५० रुपैयाँसम्म पुुगेको हो । त्यो पनि सहज रूपमा सबै पसलमा पाइँदैन । नेपालीको ठुला चाडपर्व दसैँ, तिहार र छठमा जुुन बेला चिनीको बढी खपत हुुन्छ त्यो बेलामा सीमित व्यापारीले बजार नियन्त्रणमा लिई चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्यमा कालोबजारी हुँदासमेत सरकारका जिम्मेवार निकाय यतिबेला मौन छन् ।
हाल चिनीमा भएको कालोबजारी नियन्त्रणका लागि सरकारले हस्तक्षेप नगरेसम्म बजारमा भाउ नियन्त्रण नहुुने सम्भावना देखिएको छ ।