काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनको मतगणनामा कुल खसेको ८५ मतमध्ये प्रशान्तलाई ३७ मतमा रोक्दै पारसले ४८ मत ल्याएर जीत हासिल गरेका हुन् । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।