लुकाएर राखिएको दुई थान भरुका बन्दुक बरमद

दुई थान भरुवा बन्दुक बरामद

सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिका-५ धोबिखोला नजिकै लुकाएर राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक भेटिएको छ ।

शुक्रवार बिहान स्थानीय लालबहादुर श्रेष्ठले घर नजिकै बारीमा घाँस काट्ने क्रममा बन्दुक पड्किएको आवाज सुनेका थिए ।

EPIC EPIC EPIC

श्रेष्ठको बायाँ घुँडामा चोट लागेर त्यहीँ ढलेपछि स्थानीयले उपचारको लागि धुलिखेल अस्पताल लगेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार घाइते व्यक्तिलाई गोली नै लागेको कुरा पुष्टि भइसकेको छैन । उनले केटिएम दैनिकसँग भने, ‘हामीले अनुसन्धान गर्दैछौं । घटनापछि स्थानीयले उपचारको लागि धुलिखेल अस्पताल लगेका रहेछन् । अस्पतालमा रहेका प्रहरी कर्मचारीले घटना शङ्कास्पद रहेको देखेपछि खबर गरेका हुन् ।’

घटना भएको भोलीपल्ट इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको टोलीले बारीमा मकैको ढोडभित्र राखिएको अवस्थामा एक थान र घटनास्थल भन्दा अन्दाजी सात सय मिटर दक्षिणमा निलो प्लास्टिकले बेरेर राखेको अवस्थामा अर्को एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

बरामद भएका दुवै बन्दुकलाई इलाका प्रहरी कार्यालय खुर्कोटमा राखेर थप अनुसन्धान अगाडि बढाइएको डिएसपी दाहालले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च