बिर्तामोड नगरपालिकाले हल्दिबारीको कमसल इँटा उद्योगमै फिर्ता पठायो

बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा प्रयोग भएको कमसल इटा उद्योग मै फिर्ता पठाइएको छ ।

असोज ३ गते नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासहित जनप्रतिनिधि तथा कर्मचारीले गरेको अनुगमनमा ३ नम्बर ईटा प्रयोग भएको फेला परेको थियो । नगर प्रमुख प्रसाईले कमसल इटा प्रयोग गरि बनाईएको वाल तत्काल भत्काउन र ईटा फिर्ता पठाउन निर्देशन दिनुभएको थियो । सोही अनुरुप वाल त्यसै दिन भत्काई शनिबार, आइतबार गरि ७ ट्याक्टर ईटा नमुना ईटा उद्योग हल्दिबारी १ मा फिर्ता पठाईएको ठेकेदार कम्पनीका उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC

कमसल ईटा प्रयोग भएको पाईएपछि वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाको नेतृत्वमा १५ सदस्यीय अनुगमन समिति निर्माण गरिएको छ । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय समाजसेवीहरु रहेको यस समितिले कडाईको साथ विहान बेलुकी अनुगमन गरिरहेको वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले बताउनुभयो । ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित) को लागतमा शिवालय आर.एस जेभीले विल्डिङ्ग ठेका लिएर निर्माण गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च