‘पशुपति प्रसाद २ : भष्मे डन’ को प्रि बुकिङ खुला

आगामी कार्तिक ४ गतेबाट ‘पशुपति प्रसाद २ : भष्मे डन’  नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ।

सिनेमालाई लिएर दर्शकमाझ उच्च हाइप बनेको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रतिक्षित सिनेमामा ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा समेटिएको छ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो।

नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमासमेत सिनेमाप्रति दर्शकको माग उच्च देखिएकाले वितरकले रिलिजभन्दा एक महिना अगाडि नै अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन्।

अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा सिनेमाका लागि अग्रीम टिकट बुकिङका लागि शो खोलिएका हुन्।

नेपाली सिनेमाप्रति देखिएको यो क्रेजले नेपालमा मात्र नभएर विदेशी बजारसमेत सिनेमाले बम्पर ओपनिङ गर्ने संकेत देखिएको छ।

सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन्।

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ।

सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन्।  सिनेमालाई अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन्। सिनेमाको निर्माता पनि लामिछाने नै हुन्।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन र कृष्ण भारद्वाजको संगीत रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *