रेडपान्डा संरक्षणका लागी कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइँदै

Red panda

विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुर नियन्त्रण गर्नका लागि खोप, भिटामिन र बन्ध्याकरण अभियान प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ ।

रेडपाण्डा बासस्थान नजिकै रहेको बस्तीमा रहेका कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप, भिटामिन र बन्ध्याकरण अभियान थालिएको हिमाली संरक्षण मञ्चले जनाएको छ । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ ।

EPIC EPIC EPIC

रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरू रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान विगतदेखि नै गर्दै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताए ।

रेडपान्डाको संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत छ वर्षअघिदेखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च