लोप हुँदै गएको कोखनाको परम्परागत तोरी पेल्ने कोल

केही वर्ष अघिसम्म उपत्यकावासी तोरीको तेल किन्न ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा पुग्थे । खोकना तेलका लागि प्रसिद्ध थियो । तर अहिले त्यही खोकनाबाट कोलमा पेलेको तोरीको तेल इतिहास बन्दै छ । 

काठमाडौंँ महानगरपालिकाले परम्परागत कोल विस्थापित नहोस भनेर ४ वटा कोल स्थापनाको पहल गरेपनि स्थानीय आधुनिक मिलमा आकर्षित हुँदा परम्परागत कोल इतिहास बन्ने डर पलाएको छ । 

EPIC EPIC EPIC

एकातिर खोकना क्षेत्रमा वढ्दो शहरकिरणका कारण तोरी खेती कम हुँदै जानु र अर्कोतर्फ परम्परागत कोलप्रति स्थानीयको आकर्षण घट्नुका कारण विस्तारै कोलविस्थापित हुने अवस्थामा पुगेको हो । 

स्थानीये मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गरेर व्यवसाय सञ्चालन थालेका छन् । नेवारी भाषामा ‘सा’ र नेपाली भाषामा ‘कोल’ को नामले चिनिने परम्परागत उपकरण अहिले खोकनामा देखिँदैनन् । नयाँ प्रविधिबाट व्यवसायीले तेल उत्पादनलाई वृद्धि गरेका छन् । परम्परागत कोलमा मिहिनेत धेरै चाहिने र जनशक्ति पनि बढी चाहिने भएकाले परम्परागत कोल प्रयोगमा नआएको व्यवसायी बताउँछन् ।

खोकनामा सामुदायिक रुपमा सञ्चालित गाबु ज्या ः सा सामुदायिक तेल मिल, न्हबु सामुदायिक तेल मिल, खअधोकासी सामुदायिक तेल मिल र न्हु सामुदायिक तेल मिल  छन् । तर हाल  गाबु ज्या ः सा सामुदायिक तेल मिल मात्र सञ्चालनमा छ । 

गाबु ज्या ः सामुदायिक मिल हजुरबुबाको परम्परादेखि सञ्चालनमा रहेको यसका सञ्चालक कान्छा महर्जन बताउँछन् ।  उनले २०४० देखि बन्द अवस्थामा रहेको यो मिललाई २०६९ बाट ममर्त गरेर संचालन गरी परम्परा धानिरहेका छन् ।

हाल खोकनामा अन्य विद्युतीय मिल धेरै भए पनि ऐतिहासिक रुपमा रहेको परम्परागत मिल एउटा मात्र सञ्चालनमा छ । मौलिकतालाई बचाउनको लागि ललितपुर महनगरपालिकाको आर्थिक सहयोगमा ४  सामुदायिक तोरी पेल्ने मिल भवन निर्माण गरेको छ ।  २ वटा निर्माण भइसके पनि संचालनका लािग थप पहल भएको छैन । 

महानगरपालिकाले परम्परागत कोल विस्थापित हुन नदिन पहल गरिरहेको मेयर चिरिबाबु महर्जन बताउँछन् । तर स्थानीय स्तरमा तोरी उत्पादन घट्नु र सर्वसाधारणको आधुनिक मिलप्रतिको आकर्षण घट्नुजस्ता कारणले यसलायृ बताएर राख्ने चुनौती भएको उनको भनाइ छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च