सल्यान – जिल्लाको बन्गाडकुपिण्डे नगरपालिकाका एक वडाध्यक्षले अर्कैकी श्रीमती लिएर भागेका छन् ।
प्रहरीका अनुसार वडानम्बर- ९ का वडाध्यक्ष इन्द्र कुमाईले आफ्ना दुई पत्नी हुँदाहुँदै पनि अर्कैकी श्रीमती भगाएर फरार भएका हुन् ।
“वडाध्यक्ष इन्द्र कुमाईले आफ्ना दुई पत्नी हुँदाहुँदै पनि अर्कैकी श्रीमती भगाएर फरार भएका हुन् ।”
वडाध्यक्ष कुमाईले गाउँकै गौरी बोहरालाई भगाएर फरार भएका हुन् । उनीहरु दुवै जनाको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको बताइएको छ ।
वडाध्यक्ष कुमाईका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।