मेक्सिकोमा चर्चको छत भत्किँदा ७ जनाको मृत्यु भएको छ। एक धार्मिक समारोहका क्रममा स्युड्याड मेडरोस्थित स्यान्टा क्रुज चर्चको छत भत्किएको हो।
आइतबार दिउँसो चर्च भत्किने बेला त्यहाँभित्र १०० जना थिए। ३० जना भन्दा धेरै चर्चभित्र फँसेका छन्। यस्तै, उद्धार गरिएकामध्ये १० जनालाई अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार त्यहाँ नामकरण संस्कार भइरहेको थियो। बालबालिकाहरू धेरै फसेका हुनसक्ने बताइएकाे छ। अहिले पनि उद्धारको काम भइरहेको छ।



















