कचनकवल गाउँपालिकामा अनिश्चितकालीन पेनडाउन

Pen Down in Kachankawal


कचनकवल।  प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै कचनकवल गाउँपालिकामा कार्यरत कर्मचारीले अत्यावश्यकबाहेक काम बन्द (पेनडाउन) गरेका छन्। 

विधेयक सच्याउन माग गर्दै गाउँपालिका परिसरमा धर्ना गरिरहेका उनीहरूले शुक्रबारदेखि गाउँपालिकाका सातैवटा वडामा अनिश्चितकालीन ‘पेनडाउन’ गरेका हुन्।  

EPIC EPIC EPIC EPIC EPIC

काठमाडौं जान नसकेकाले आफूहरूले नारासहित कालो ब्यानर राखेर धर्ना दिइरहेका एक आन्दोलनरत कर्मचारीले बताए। 

निजामती सेवा विधेयकमा प्रमुख प्रशासकीय अधिकृत प्रदेशले खटाउने प्रस्ताव गरिएको छ। तर स्थानीय सेवाबाटै प्रमुख प्रशासकीय अधिकृत राख्ने व्यवस्था गर्न उनीहरूले माग राखेका छन्। 

यसका साथै झापाका अन्य पालिकाका कर्मचारीले पनि पेनडाउन गर्ने तयारी भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *