हिमालय एअरलाइसको जहाज बिग्रदा १६२ यात्रुलाई ३० घण्टा सास्ती

हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६२ जना यात्रुले दुबईमा ३० घण्टा सास्ती भोग्नु परेको छ । उडान नम्बर एच–९–५६८ मार्फत मध्याह्न १२ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाल आउने यात्रु शुक्रबार साँझसम्म उडान नभएपछि विमानस्थलमै अलपत्र परेका हुन् ।

हिमालय एयरलाइन्सको ब्रान्ड एन्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्ज्वला दलीले बिहीबार जहाजमा आएको समस्या समाधान गर्दा समय लागेको बताउँदै उडान दलमा सहभागीहरूको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि जहाज नेपाल फर्किन समय लागेको जानकारी दिए । उनले भने, “नेपालमा उडानपूर्व गरिएको जहाजको निरीक्षणका क्रममा प्राविधिक समस्या देखिएपछि जहाज उतै रोकिएको हो ।’

EPIC EPIC EPIC

प्राविधिक समस्या समाधान हुन्जेल चालक दलको उडान समय सकिएपछि आरामको समयपछि सोही चालक दलले जहाज उडाएर शुक्रबार रातिको उडानबाट नेपाल फर्काउने छ ।” यो समाचार तयार हुँदासम्म उडान भइसकेको थिएन । प्राविधिक समस्या समाधानको यकिन समय थाहा नहुँदा यात्रुले सास्ती भोग्नु परे पनि

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधानबमोजिम यात्रुलाई विमानस्थलमै खाजाको व्यवस्था र दुबईको अध्यागमन विभागले विमानस्थलबाहिर जान अनुमति दिएको र यात्रुलाई होटलमा लगेर खानाको व्यवस्था गरिएको उहनले बताए । उनले यात्रुले भोग्नु परेको समस्याका विषयमा हवाई कम्पनी संवेदनशील रहेको र त्यहाँका कर्मचारीलाई घटनाबारे लिखित जवाफ माग गरिएको बताए ।

विमानस्थलमा अलपत्र परेका यात्रुमध्ये काठमाडौँ मूलपानीका सुवास न्यौपाने भने हिमालय एयरलाइन्स व्यवस्थापनको फितलो व्यवस्थापन र गैरजिम्मेवारीका कारण यात्रुले दुःख भोगेको गुनासो गरे ।

जानकारी दिन विमानस्थलमा रहेको हिमालय एयरलाइन्सको काउन्टरमा समेत कोही पनि प्रतिनिधि नरहेको उल्लेख गर्दै उनले एयरलाइन्सले यात्रुको व्यवस्थापनमा समेत ध्यान नदिएको बताए ।

शुक्रबार दिउँसो नेपालको आन्तरिकतर्फका उडानको टिकट लिएका यात्रु र काम विशेषले नेपाल पुगेर तुरुन्तै दुबई फर्किने टिकट लिएका यात्रु सबैभन्दा बढी पीडित भएका छन् । नेपाल आउन ५२० दिराममा उपलब्ध हुँदै आएको हवाई टिकट एयरलाइन्सले होल्ड गरेर राख्दा एक हजार १६८ दिराममा खरिद गर्नुपरेको बताउँदै उनले महँगो हवाई भाडा लिएर यात्रुलाई अलपत्र पार्दा सम्बन्धित हवाई कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अनुदार देखिएको गुनासो गरे । यो समाचार आजको गोरखा पत्रले लेखेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले व्यवस्था गरेको प्रावधान अनुसार जहाज ढिला हुँदा वा जहाजमा कुनै प्राविधिक समस्या आई उडान रोकिन पुगे सम्बन्धित हवाई कम्पनीकै खर्चमा यात्रुलाई तारे होटलमा राख्नुपर्ने व्यवस्था छ । तर हिमालय एयरलाइन्सले भने भिजिट भिसामा गएका यात्रुलाई बाहेक करिब एक सय जनालाई मात्रै साँझ पाँच बजे होटलमा लगेर खानाको व्यवस्था गरेको छ । दुबई अध्यागमनले भिजिट भिसामा त्यहाँ पुगेका यात्रुलाई कागजातका आधारमा विमानस्थलबाट बाहिरिन नदिएपछि एक एक वटा बर्गर र कोल्ड ड्रिङ्स उपलब्ध गराएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हिमालय एयरलाइन्सको व्यवस्थापनको कमजोरीका कारण यात्रुले भोग्नुपरेको समस्याबारे गम्भीर भएको बताउँदै एयरलाइन्स कम्पनीसँग थप सोधपुछ हुने जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *