कचनकवल। त्रिवेणी सामुदायिक बन उपभोक्ता समूहको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बन समितिका अध्यक्ष लिलाधर राजवंशीको अध्यक्षता तथा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीको प्रमुख आतिथ्यता साधारणसभा शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्षको सांगठनिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख अतिथि राजवंशीले आगामी दिनमा गाउँपालिकाले समेत सहयोग गर्ने बताए।

त्यस्तै कार्यक्रममा उपस्थित स्थानीय महासङ्घका अध्यक्ष चेतराज भट्टराईले “अब ग्यास चुलोमा निर्भर नभएर निर्भर नभएर विद्युतीय चुलो प्रयोगमा ल्याउदा सबैलाई फाइदा हुने हुँदा उहाँले विद्युतीय चुलो प्रयोग गर्न सबैलाई प्रेरित गर्नुभयो।
त्यस्तै कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्षले ग्यास अजमल मियाले यस बनले जस्तोसुकै कार्यक्रम ल्याए आफू सहयोग गर्न तयार रहेको बताउनुभयो। यो वर्ष एक सय थान झुल साझेदारी अन्तरगत दिएको समेत जानकारी गराउनु भयो। उनले उपभोक्ताको हितमा आफू सदैव लाग्ने बचन समेत दिनु भयो।
त्यस्तै ,गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जलवायु परिवर्तनका बारेमा यस बन लाई यहा का दाजुभाइ दिदी बहिनीहरू ले यस बन प्रति गरेको काम का समेत प्रसंसा गर्नु भयो यस बन लाई सोलार फेन्सीकाे कार्यक्रम का गा पा ले सहयोग बन मार्फत कृषि लगायत सहकारीसंग समन्वय गर्दै हातेमालो गरि अघि बड्ने समेत उनले बताए।

कार्यक्रम मा १५ थान खाट गरिबी न्यूनिकरण अन्तरगत र दुई थन समाज सेवी र दुई सय थान झुल सामुदायिक का तर्फ बाट र वाड न ३ का तर्फ बाट १०० थान मोति मावि विद्यालय लाई १० थान सिट र १ थान ह्वाइट टेबल समेत बितरण गरि कार्यक्रम समापन गरिएको थियो ।




















