हल्दीबारी। शिक्षा प्रेमी तथा समाजसेवी दशरथ उप्रेतीको जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री तथा अक्षयकोष खडा गरिएको छ।

झापाको हल्दीबारी ४ घर भई हाल अमेरिकामा रहेका उप्रेतीको जन्मदिनको अवसरमा उनका बुबाआमा र भाइ गङ्गा उप्रेतीको अनुपस्थितिमा शनिबार हल्दीबारी ३ स्थित पञ्चायत माविका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यार्थीलाई पुरस्कृत गरिएको हो।

विद्यालयमा एसईईमा उच्च अङ्क ल्याउने छात्र जय भट्टराई र छात्रा बिनिता पुरीलाई जनही पाँच हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो। त्यस्तै, कक्षा ८ र ९ मा प्रथम हुने ललिता दर्जी र दिपिका कार्कीलाई जनही दुई हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो भने अन्य विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री बितरण गरिएको थियो।

त्यस्तै, उप्रेतीले विद्यालयमा वार्षिक रुपमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नका लागि विद्यालयको नाममा एक लाखको अक्षयकोषसमेत खडा गरिदिने भएका छन्।

अघिल्लो दुई वर्षमा उनले विद्यालयमा सिलिङ फ्यान र खेलाडी विद्यार्थीहरूलाई पोसाकसमेत खरिद गरिदिएका थिए।