पालिका सन्देश । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८०।०५।२१ को बैठकबाट संघीय निजामती सेवा विधेयक, २०८० पारित गरि निर्णयार्थ प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै बुद्धशान्ति गाउँपालिकामा कार्यरत कर्मचारीले अत्यावश्यकबाहेक काम बन्द (पेनडाउन) गरेका छन्।
बुद्धशान्ति गाउँपालिकाका कर्मचारीको आज बसेको बैठकबाट देवेन्द्र कटुवालको संयोजकत्वमा २५ सदस्य बुद्धशान्ति गाउँपालिका स्तरीय स्थानीय तह कर्मचारी सघर्ष समिति निर्माण गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
बुद्धशान्ति गाउँपालिकाको सभा कक्षमा आज पत्रकार सम्मेलनको आयोजना गरि आज कै दिन देखि गाउँपालिकाबाट प्रदान गरिने अति आवश्यक बाहेक सम्पूर्ण कार्यहरु आजकै दिनबाट बन्द गरिएको सघर्ष समितिका प्रवक्ता दुुर्योधन (देव) सिंहले जानकारी दिए ।
आज नै बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष तथा प्रसाशकीय अधिकृतलाई ज्ञापन पत्र बझाएको र गाउँपालिकाका जनप्रतिनिधि तथा प्रशासकीय अधिकृतले समेत आफ्नो आन्दोलनका आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको सघर्ष समिति संयोजक कटुवालले बताए ।
बुद्धशान्ति गाउँपालिकमा स्थानीय तह अन्र्तगतका सम्पूर्ण कर्मचारीहरु भोलि कार्यालय परिसर बाहिर उपस्थित रहने, कार्यालय बाहिर नै हाजिरी गर्ने र हातमा कालो पट्टी बाधेर आन्दोलनमा ऐकेवद्धता जनाउने संयोजक कुटुवालले बताए ।
अति आवश्यक कार्यमा के-के पर्दछन् ?
- स्वास्थ्य सेवा सँग सम्बन्धीत कार्य
- स्वास्थ्य बिमा सम्बन्धी कार्य
- फोहोर मैला व्यवस्थापन
- गाउँपालिकाको कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापनको अवेदन संकलन
- आवश्यकताको आधारमा अति आवश्यक सिफारिस तथा अन्य अति आवश्यक कार्य ।
