सशस्त्र प्रहरीले चाडपर्व लक्षित निःशुल्क बस सञ्चालन गर्ने

 सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रूपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ । 

चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताका लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौँ, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।

दसैंको अवसरमा काँकडभिट्टाका लागि दिउँसो २ बजे र गड्डाचौकीका लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४  देखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ । 

तिहार र छठ पर्वको अवसरमा सञ्चालन हुने बस समेत कार्तिक २४ देखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए  ।

चाडपर्वको समयमा सशस्त्र प्रहरी बल नेपालका अन्य पायक पर्ने इकाइहरूमा समेत बस संचालनका लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *