अस्पतालबाट शिशु बिक्री प्रकरण: चिकित्सकसहित तीन जना कारागार चलान

विराटनगरको ग्रिनक्रस अस्पतालबाट चिकित्सकको संलग्नतामा भएको शिशु बिक्री प्रकरणमा पक्राउ परेकामध्ये तीन जना कारागार चलान भएका छन्। 

अदातलले तीन जनालाई पुर्पक्षका लागि कागागार चलानको आदेश दिएको छ भने तीन जना धरौटीमा रिहा भएका छन्। 

EPIC EPIC EPIC

कारागार चलान हुनेमा शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, दीपेश मेडिकल हलका सञ्चालक तथा ग्रिनक्रस अस्पतालका चिकित्सक  विराटनगर–२ का ६८ वर्षीय डा तपेश्वर लाल कर्ण र रकम दिएर शिशु लिने कटहरी गाउँपालिका–२ की ३० वर्षीय सूर्यनारायण राजवंशी रहेका छन्।

यस्तै ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी २ लाख, सिराहाको कल्याणपुरकी ३८ वर्षीया निर्मला यादव १ लाख र कटहरी–२ कि ४६ वर्षीया दिलमाया राजवंशी १० हजार धरौटी बुझाएर रिहा भएकी हुन्। 

ग्रिनक्रस अस्पतालका सञ्चालक ५५ वर्षीय कृष्ण खवासको हकमा जिल्ला सरकारी वकिलको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएर माथवर व्यक्तिको जिम्मा लगाउने निर्देशन भएअनुसार जिम्मा लगाएर पठाइएको छ।

असार १४ गते अविवाहित युवतीबाट जन्मिएकी शिशु बेपत्ता पारिएको थियो। शिशुकी आमाले जाहेरी दिएपछि अनुसन्धान गर्दै जाँदा अस्पतालका चिकित्सककै संलग्नतामा बिक्री गरिएको खुलेको थियो। त्यसपछि प्रहरीले उक्त प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *