शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा बिर्तामोडमा उत्कृष्ट सदस्यलाई सम्मान

बिर्तामोड। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले नौ जनालाई सम्मान गरेको छ । संस्थाको ११ औं वार्षिक साधारण सभा अन्तरगत शुक्रवार बिर्तामोड सेवा केन्द्रको इकाईगत साधारण सभाका क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

प्रवद्धर्कका रुपमा नारायण कट्टेल र युवराज कार्कीलाई सम्मान गरिएको छ । त्यस्तै बिर्तामोड सेवा केन्द्र अन्तरगत उत्कृष्ट बचततर्फ रोस्क्रिन लिम्बु, उत्कृष्ट आवधिक बचततर्फ पूजा ढकाल, उत्कृष्ट साधारण बचततर्फ ओमनाथ दाहाल, उत्कृष्ट शिक्षातर्फ आस्मा पौडेल, उत्कृष्ट ऋणितर्फ बिज्ञान श्रेष्ठ र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल दिव्या काफ्लेलाई नगदसहित सम्मान गरिएको छ । सोही कार्यक्रमकाबिच समिक्षा चम्लागाईलाई प्रसुति सहयता अन्तरगत ३५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

EPIC EPIC EPIC

संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । सम्मानीत ब्यक्तित्वहरुलाई प्रमुख अतिथि, बिशेष अतिथिलगायले सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रसाई, जिल्ला सहकारी संघ झापाका सञ्चालक सदस्य ढुण्डीराज गुरागाई, बिर्तामोड कार्यपालिका सदस्य लक्ष्मी खतिवडालगायले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा संस्थाको आम्दानी बृद्धि हुने, रोजगारी सिर्जना हुने र सदस्यलाई आत्मनिर्भर एवम् व्यावसायिक बनाउने खालका योजना ल्याउनेतर्फ संस्था केन्द्रित भएको बताए । अध्यक्ष न्यौपानेले संस्थाले बिर्तामोड–२ मा बिद्यालयसमेत सञ्चालन गरिरहेको बताए । आर्थिक वर्ष २०७९÷०८० सम्ममा ४ हजार ७२० जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार रुपैयाँ रहेको अध्यक्ष न्पौपानेद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका प्रवन्धक शैलेन्द्र सुब्वाले गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बिर्तामोडका प्रमुख विवेक डाँगी, सञ्चालक समिति उपाध्यक्ष हेमराज मिश्र, सदस्य चिजा राई, उमा राई, लक्ष्मीप्रसाद घिमिरे, लेखा समिति संयोजक युवराज निरौला, सदस्य यामनाथ खरेल, लक्ष्मी देवान लगायतको उपस्थिति रहेको थियो ।

मुख्य कार्यालय बिर्तामोडमा रहेको संस्थाले शनिश्चरे, धाइजन, धुलाबारी, चैतुबारी र दुर्गापुर सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । गत असोज २३ गतेदेखि शुरु भएको इकाईगत साधारणसभा तथा प्रतिनिधि छनौट कार्यक्रम २९ गते सम्पन्न हुने र आगामी कार्तिक २ गते बिर्तामोडमा अन्तिम माइन्यूट प्रमाणिकरण हुने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च