तीन महिनामा दुई पटक हेलिकप्टर दुर्घटना, मनाङ एयरको सञ्चालन प्रमाणपत्र निलम्बन

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि मनाङ एयरको एओसी नै निलम्बन गरेको हो ।

पटक पटक भएको दुर्घटनाका कारण कम्पनीको सम्पूर्ण हेलिकप्टरको अवस्था चेकजाँच गर्ने र प्रक्रिया पुरा नभएको वा त्रुटि भेटिएमा सेव सञ्चालन प्रमाणपत्र खारेज गर्ने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले बताए । आज बिहान मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइ घाइते भएका छन् । उनको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र रहेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *