३३ किलो सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पाँच वर्षपछि निस्किए जेल बाहिर

गोलघरभित्र राखिएका सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकालेको छ । गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि गोलघरबाट अर्को ठाउँमा सारिएको हो ।

EPIC

गएको शुक्रबार उनलाई गोलघरबाट बाहिर निकालिएको कारागार स्रोतले जानकारी दिएको छ । पाँच वर्षयता उनलाई कारागारको गोलघरभित्र राखिएको थियो । अब भने कारागारमै अरू कैदी सरह रहनेछन् । साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले उनलाई दोषी ठहर गरेको थियो ।

EPIC EPIC EPIC

वि.सं. २०७८ मा गोरेलाई १० वर्ष कैद सजायको फैसला सुनाइएको थियो । ०७४ माघमा तस्करीको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले शाक्यको हत्या गरेको थियो । गोरे समूहले करिब ३८ क्विन्टल सुन तस्करी गरेको सरकारको निष्कर्ष छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *