प्रथम बुद्धशान्ति वडा स्तरीय टी-१० अध्यक्षकपको  उपाधि वडा नम्बर ३ लाई

बुद्धशान्ति । प्रथम बुद्धशान्ति वडा स्तरीय टि-१० अध्यक्षकपको उपाधि वडा नम्बर ३ ले हात पारेको छ। क्रिकेट प्रतियोगिता आदर्श युवा क्लबको उपाध्यक्ष दीपक सुब्बाको संयोजकत्वमा तथा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठको अध्यक्षतामा फाइनल खेल सम्पन्न भएको हो ।

फाइनल खेलको प्रमुख अतिथिको रुपमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं रहेका थिए भने विशेष अतिथिको रुपमा गाउँपालिकाको सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ सहित सातै वडाका वडा अध्यक्षको विशेष आतिथ्यता रहेको थियो।

EPIC EPIC EPIC

 कार्यक्रममा अतिथिको रुपमा क्लबका निवर्तमान अध्यक्ष मनेष दाहाल, खेलकुद विकास समितका सदस्यहरू तथा संयोजक, क्रिकेट संघ झापाका अध्यक्ष , बुद्धशान्ति गाउँपालिका विभिन्न वडाका वडा सदस्य , विभिन्न संघसंस्था, बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष लगायत स्थानीयको आतिथ्यता रहेको थियो ।

 कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य तारा गौतमले राखेका थिए भने क्रिकेट संघ झापाका अध्यक्ष प्रविण थापा , वडा नम्बर ३ का वडा अध्यक्ष तथ सामाजिक विकास संयोजक पर्शुराम चेम्जोङ र प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

वडा नम्बर ३ र २ बिच भएको फाइनल खेलमा वडा नम्बर २ ले १० ओभरमा ६ विकेट गुमाएर ७२ रन बनाएको थियो र वडा नम्बर ३ लाई ७३ रनको लक्ष्य दिएको थियो । 

सो लक्ष्य वडा नम्बर ३ ले ६.३ ओभरमा पूरा गर्दै ९ विकेटले विजय हासिल गरेको छ । उप विजेता टिम वडा नम्बर २ ले १५०००/- नगद सहित मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने विजेता टिम वडा नम्बर ३ ले २५०००/- नगद सहित मेडल, ट्रफी , प्रमाणपत्र प्राप्त गरेको छ ।

 फाइनल खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का खेलाडी आदिहाङ फागो मेडल, ट्रफी, प्रमाणपत्र र नगद रु.११००/- सहित सम्मानित भएका थिए भने वडा नम्बर २ का खेलाडी उद्धव ओली म्यान अफ द सिरिज घोषित भइ निजले मेडल, ट्रफी, प्रमाणपत्र र नगद रु. ५१००/- प्राप्त गरेका हुन ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचको नगद रकम प्रायोजन गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरु, प्रत्येक खेलको म्यान अफ द म्याच र म्यान अफ द सिरिजको ट्रफी स्पोन्सर गर्नुहुने लबज प्रिन्टिङ प्रेसका सञ्चालित टन्क निरौला, म्यान अफ द सिरिजको नगद रकम रु.५१००/- प्रायोजन गर्नुहुने समाजसेवी एम प्रसाद लुइँटेल , ४ थान क्रिकेट ब्याट प्रायोजन गर्नुहुने धिरज खड्का, २ थान ब्लुटुथ हेडसेट प्रायोजन गर्नुहुने निरज सिटौला, र  खेल अवधिभर खेलाडीलाई प्रत्येक छक्का बापत १ रेडबुल प्रदान गर्नुहुने समाजसेवी मदन प्रसाईं, र मुख्य फाइनल खेलको विजेता र उपविजेता ट्रफी प्रायोजन गर्नुहुने प्रेमराज चापागाईं र निजको बुवा सिताराम चापागाईं लगायत खेल अवधिभर विभिन्न माध्यमबाट ३ दिवसीय क्रिकेट खेल सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता समापन भएको थियो। उक्त कार्यक्रमको सञ्चालन आदर्श युवा क्लबका सचिव दुर्योधन (देव) सिंहले सञ्चालन गरका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *