भारतको बिहारमा नेपाली युवाको गोली हानी हत्या, लुटियो २९ लाख भारू

भारतमा नेपाली युवाको गोली हानी हत्या गरिएको छ । भारत विहारको रामगढवा बजारमा मंगलबार गोली प्रहार गरी रौतहटको गौर नगरपालिका ९ का ४० वर्षीय दिलिप सिंहको हत्या भएको हो ।

रामगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापालको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उद्देश्यले गोली हानी हत्या गरिएको अनुमान भारतीय प्रहरीले गरेको छ ।

EPIC EPIC EPIC

भारतको मुजफ्फरपुरबाट संकलन गरेको २९ लाख भारतीय रुपैयाँ लिएर मिलमा फर्किरहेको बेला सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।हत्यापछि २९ लाख भारतीय रुपैयाँ लिएर लुटेरा समूह फरार भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकको शव भारतीय प्रहरीले परिवारलाई जिम्मा लगाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *