खुदुनाबारीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

झापा। अर्जुनधारा नगरपालिका-२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो खुदुनाबारीबाट बिर्तामोड तर्फ आउँदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक (हात्तीगाडी) संग मे ५ प ४४८५ नम्बरको स्कुटर ठक्कर खादा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो।

EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटना स्थलमै मृत्यु भएको  प्रहरी निरीक्षक न्यौपाने बताउनु भयो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडी सवार गाजाबारी कै अन्दाजी ३६ बर्षका रोशन लुङ्गेली मगरको उपचारको क्रममा बिर्तामोडको बि एण्ड सि अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।

हात्ती गाडीका चालक हेम बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान भाईरहेको प्रहरीले बताएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *