हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन

काठमाडौं / मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ। उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।

उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो। मनाङ एयरले विज्ञप्ति निकाली चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ। सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन्। मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले उपचारका क्रममा मनाङ एयर हेलिकोप्टरका पाइलट सेढाईंको निधन भएको बताए। दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटना भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *