दसैं मनाउन काठमाडौंबाट बाहिरिएकाहरु फेरि बिस्तारै भित्रिन थालेका छन् । योसँगै उपत्यका भित्रिने मुख्य नाकामा चहल-पहल बढेको छ ।
विजया दशमीको टीका लगाएपछि कर्मथलो फर्किने क्रम बढेको हो । आज साँझ ६ बजेसम्म ५ हजार ५ सय ९० सवारी साधनबाट ४४ हजार ३ सय ९४ जना काठमाडौं उपत्यका प्रवेश गरेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । यसैगरी आजै ४ हजार ८ सय ८९ सवारी साधनबाट ३६ हजार ६ सय २५ यात्रु बाहिरिएका छन् ।
यसअघि हिजो ६ हजार ४ सय ३० सवारी साधनबाट ३७ हजार ३ सय १७ यात्रु भित्रिएका थिए । हिजोसम्म काठमाडौंबाट बाहिरिनेहरु बढी हुने गरेकोका आजदेखि भित्रिनेको संख्या बढेको ट्राफिक कार्यालयले जनाएको छ ।



















