महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ हर्दियाटोलका १९ वर्षीय आशिक पासवानको हत्या भएको हो ।हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।
दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डीएसपी गिरीले बताए ।