Search
Close this search box.
Search
Close this search box.

डकैती मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । डकैती मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ८ बस्ने २८ वर्षीय मोहन साह रहेका छन् ।

झापा जिल्ला अदालतको गत असोज २४ गतेको फैसला अनुसार डाँका गरेको मुद्दामा ६ महिना कैद र २० हजार जरिवाना तथा पीडित राहत कोषमा ४०० जम्मा गर्नु पर्ने फैसला भई साह फरार रहेका थिए ।

EPIC

उनलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले कात्तिक ५ गते पक्राउ गरेको थियो ।

आइतबार झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *