Search
Close this search box.
Search
Close this search box.

बारामा शिक्षकको गोली हानी हत्या

मधेश प्रदेश स्थित बाराको कलैयामा प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समुहको गोली लागि घाइते भएको बारा कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको छ।

सोमबार दिउँसो कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले छाती र घाटीमा तीन राउण्ड गोली हानेका थिए ।

EPIC EPIC

गोली लागेर घाइते भएका उनलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *