बारा प्रधानाध्यापक हत्या प्रकरण: हत्या आरोपमा पूर्व शिक्षिकासहित ३ जना पक्राउ

बाराको कलैयामा सोमबार गोली प्रहार गरी शिक्षकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले पूर्व शिक्षिकासहित ३ जनालाई पक्राउ गरेकाे छ। कलैया उपमहानगरपालिका-६ मदरशा टोलस्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रूपेश स्वर्णकारको सोमबार दिउँसो साढे १२ बजेतिर अपरिचित समूहले  गोली हानी हत्या गरेको थियो।

सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सर्राफकै स्कुलमा पहिले पढाउने पूर्वशिक्षिका कलैया उपमहानगरपालिका-१ की २५ वर्षीया एक महिला र दुई पुरुषलाई नियन्त्रणमा लिएको हो।

EPIC EPIC EPIC

हत्यामा संलग्न रहेको आशंकामा सोमबार बेलुकीसम्म एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। उनका अनुसार पक्राउ परेका मध्यकी महिला हत्याको योजना बनाउने मुख्य योजनाकार रहेको हुन सक्ने प्रहरीको आशंका छ।

उनले भने ‘सिसिटिभी क्यामेरामा रेकर्ड फुटेजको आधार लगायत अन्य इभिडेन्सका आधारमा तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। सम्भवतः भोलिसम्म हामी यो केसको टुंगोमा पुगि सक्छौं।’

सोमबार दिउँसो १२:३० बजेतिर स्कुल नजिकै सडकमा मोटरसाइकलमा घरतर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिहरूले गोली हानेर फरार भएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *