जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।