मेचीनगर। झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् ।
मेचीनगर २ का गोपाल रिजाललाई आज बिहान मर्निङ वाक गर्ने क्रममा हात्तीले आक्रमण गरेर गम्भिर घाइते बनाएको मेचीनगर वडा नम्बर २ का अध्यक्ष दिपक बरालले जानकारी दिनुभयो ।
स्थानिय राना गाँउ चोकमा ४२ बर्षिय रिजाल माथि हात्तीले आक्रमण गर्दा उहाँको ७ वटा करंग भाचिनुका साथै फोक्सोमा पानी जमेको चिकित्सकहरुले जनाएका छन ।
उहाँको वि एण्ड सी अस्पतालको आइसियुमा उपचार भइरहेको वडाअध्यक्ष बरालले बताउनुभयो ।