प्रहरीले प्रमाण मागेपछि गल्ती स्वीकार्दै प्रहरी कार्यालयबाट माफी मागेर फर्किए दुर्गा प्रसाई

सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर चर्चामा आएका मेडिकल ब्यवसायी दुर्गा प्रसाई प्रहरीसामू माफी मागेर फर्किनु परेको छ ।

प्रसाईको हर्कतले सीमा नाघेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्ने तयारी गरेपछि आज आफै उपस्थित हुनुभएका प्रसाईसँग प्रहरीले तीन बिषयमा प्रमाण मागेपछि आफूले प्रमाणको आधारमा बोलेको नभई बिभिन्न समयमा आएको समाचारका आधारमा अभिब्यक्ति दिएको भन्दै माफी माग्नुभएको हो ।

EPIC EPIC EPIC

झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल अस्पताल सञ्चालकसमेत रहेका प्रसाईसँग प्रहरीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३० अर्व डलर लगानी गरेको बिषयमा पुष्टि हुने गरी प्रमाण दिन भनेको थियो ।

प्रहरीले यसबाहेक प्रसाईका अन्य अभिब्यक्तिको प्रमाण पनि प्रहरीले मागेपछि आइन्दा यस्तो नबोल्ने भन्दै माफी मागेको एक प्रहरी अधिकृतले बताए । बयानमा सहभागी ती अधिकृतका अनुसार प्रसाईले भारतीय सञ्चार माध्यममा आएको कुरा आफूले बोलेको तर त्यस्को प्रमाण नरहेको भन्दै गलत अभिब्यक्ति दिएको स्वीकार गर्नुभएको छ ।

‘भारतीय सञ्चार माध्यममा चार बर्ष पहिला आएको थियो, मैले सुनेको थिए, त्यही होला भनेर बोलेका’ भन्दै प्रसाईले त्यस्ता कुराको प्रमाण आफूसँग नरहेको बताएको ती अधिकृतको भनाई छ । प्रसाईले प्रमाण नभएको बताएपछि प्रहरीले पूर्वप्रधानमन्त्री ओलीको सन्दर्भमा सार्वजनिक रुपमा लगाएका आरोप पुष्टि गर्न वा कानूनी कारवाही भोग्नेमध्ये एक विकल्पका लागि तयार रहन भन्दै सचेत गराएको छ ।

‘तपाईले पटकपटक प्रसाईलाई ओलीमाथि सार्वजनिक रुपमा लगाएका आरोपहरु पुष्टि हुने आधार भए उपलब्ध गराउनोस भन्दा सकेनन,’ ती अधिकृतले भने । प्रहरीले प्रसाईसँग अरु नेता र विभिन्न व्यवसायीको चरित्रहत्या गर्ने ढंगले सार्वजनिक रुपमा घृणास्पद अभिव्यक्ति दिएको विषयमा पनि अनुसन्धान अघि बढाएको पूर्वजानकारी दिएको छ ।

प्रसाईले केही समययता बैंकको ऋण नतिरेर ब्यापारी, बैंक र नेताहरुबिरुद्ध आपत्तिजनक अभिब्यक्तिलाई बढावा दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च