रोङस्थित शशि माविको ५८ औं वार्षिकोत्सव सम्पन्न

श्री शशि माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न

रोङ। इलामको रोङ गाउँपालिका २ स्थित श्री शशि माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
सोमबार रोङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चन्द्र शेखर घिमिरेको आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा अभिभावकहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

त्यस्तै, विद्यालयले वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको उक्त कार्यक्रममा खेलकुद तर्फ विद्यार्थीको रिले दौड ,चम्चा दौड ,कोकिस दौड र विद्यालय परिवार र अभिभावकहरूबीच फुटबल प्रतियोगिता रहेको थियो।

EPIC EPIC EPIC

त्यसैगरी, अभिभावक तर्फ महिला र पुरुषको म्युजिकल बल, ५० वर्ष माथिका अभिभावकहरूको अन्दाज गर्ने कार्यक्रम थियो। सांस्कृतिक तर्फ एकल र युगल नृत्य , गीत, गजल र कविता प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक श्री गणेशप्रसाद पौडेलले राख्नुभएको थियो।
कार्यक्रमको समापन सभापति श्री कुलबहादुर खालिङले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका जोसिला कार्की र शिक्षक ठाकुर भट्टराईले गर्नु भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *