Search
Close this search box.
Search
Close this search box.

इलामेली चेतना आमा समुहद्वारा नौमति बाजा बजाउने सम्बन्धी तालिम सम्पन्न 

इलामेली चेतना आमा समुहद्वारा नौमति बाजा बजाउने सम्बन्धी तालिम सम्पन्न 

इलाम  इलाम नगरपालिका वडा नम्बर ९ मा स्थापित चेतना आमा समुहले इलाममै पहिलो पटक नौमति बाजा बजाउने सम्बन्धी तालीम सम्पन्न गरेको छ। 

इलाम नगरपालिका ९ स्थित सिद्ध देवी मन्दिरको सभाहलमा एक साता लामो तालिम कार्तिक १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको हो। 

EPIC EPIC

नेपाली बाजाहरू मध्ये लोकप्रिय मानिने नौमति बाजा पछिल्लो समय लोप हुने क्रममा रहेकाले लोक संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्दै वडा नम्बर ९ लगायत अन्य वडाका इच्छुक महिलाहरूलाई लक्षित गरी उनीहरूको क्षमता विकाससँगै उद्यमशीलताको विकास गराउँदै स्वरोजगार बनाउने अभिप्रायका साथ सञ्चालित कार्यक्रममा नौमति बाजा प्रशिक्षकका रुपमा माता पाथीभरा महिला नौमति बाजा संस्था बिर्तामोड  ५ झापाबाट द्वय तारादेवी आचार्य र टिकादेवी प्रसाईं रहनुभएको थियो।

तालिममा नौमति बाजा अन्तर्गत पर्ने सहनाई, नरसिंहा , बाउताल ( नगरा ), ढोलकी ( खिमा), ट्याम्को र झ्याम्टा बजाउन अभ्यास गराइएको थियो। एक हप्ता सम्म सञ्चालित तालिममा वडा नम्बर ९ भित्रका १५ जना महिला प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रशिक्षक द्वय तारादेवी आचार्य र टिकादेवी प्रसाईँले प्रशिक्षणमा प्रशिक्षार्थीहरू उत्साहपूर्ण सहभागिता रहेको बताउँदै नौमति बाजाको महत्त्व र आवश्यकताको बारेमा समेत प्रकाश पार्नु भएको थियो। 

त्यस्तै, सहभागीहरूका तर्फबाट बोल्दै राधिका भट्टराईले आफूहरूलाई चेतना आमा समुहले आफ्नो क्षमता विकास सँगै स्वरोजगार तर्फ उन्मुख गराउन लागी परेको भन्दै खुसी व्यक्त गर्नु भएको थियो साथै प्रशिक्षकहरूले आफूहरूलाई गुरुको रुपमा रुपमा नभई एक साथीको रुपमा सिकाएकोले थप सहज भएको समेत बताउनु भयो। 

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष गोपाल चौहानले चेतना आमा समुहको यो कार्यक्रम स्वागत योग्य रहेको वाडले गर्न सक्ने सहयोग गर्न आफू सदैव तयार रहेको समेत बताउनु भयो। 

यसैबीच कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले आफ्नो लोक संस्कृतिसँग जोडिएको नौमति बाजा नेपालको पहिचान रहेको बताउँदै चेतना आमा समुहका सदस्यहरूलाई अनुशासित पूर्वक यसको अभ्यासमा लागि पर्न समेत सुझाव दिनुभयो । 

इलाम नगरपालिका वडा नम्बर ९ को इलोही बहुद्देश्य सहकारी संस्थाद्वारा प्रदान गरिएको पुरानो बाजालाई मर्मत गरी तालिममा प्रयोग गरिएको चेतना आमा समुहकी सचिव मिना पराजुलीले बताउँनु भयो। तालिम समापन कार्यक्रममा तालिम प्रशिक्षक तथा सहभागी प्रशिक्षार्थीहरूलाई पुरस्कार , मायाको चिनो तथा प्रशंसा पत्रहरू समेत बितरण गरिएको थियो।


इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता तथा इलाम नगरपालिका वडा नम्बर ९ का वाड अध्यक्ष गोपाल चौहानको विशेष आतिथ्यता रहेको कार्यक्रममा दिव्या भट्टराई , दिपा आचार्य ,मित्र भट्टराई , देवी पौडेल, सुरेन्द्र चौहान  लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।


रेखा उप्रेतीको स्वागत मन्तव्य तथा चेतना आमा समुहका कार्यवाहक अध्यक्ष वेद कुमारी भट्टराईको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन समुहकी सचिव मिना पराजुलीले गर्नु भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *