नेपाल एयरलाइन्सको जहाजमा एकापट्टीको इन्जिन स्टार्ट नभएपछी सिमकोट विमानस्थलमै रोकियो

काठमाण्डौ। सिमकोटबाट नेपालगञ्जका लागि उडान भर्ने तयारी गरिरहेको नेपाल एयरलाइन्सको ट्वीनओटर जहाजमा प्राविधिक समस्या देखिएको छ ।

रनवेमा जहाजले नेपालगञ्जका लागि उडान भर्न दाँया इन्जिन स्टार्ट गरिसकेको र बाँया गर्ने क्रममा स्टार्ट नभएपछि जहाजमा समस्या देखिएको सिमकोट विमानस्थलका अधिकारीहरूले जनाएका छन् ।

EPIC EPIC EPIC

चौध जना यात्रु लिएर उड्ने क्रममा जहाजमा प्राविधिक समस्या आएको नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंहले बताए ।

प्राविधिक समस्या आएपछि उक्त जहाज बिमानस्थल मै रोकिएको छ । जहाज नेपालगञ्जबाट सिमकोटका लागि सोमबार बिहान चौध जना यात्रु बोकेर सिमकोट बिमान स्थलमा अवतरण गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *