Search
Close this search box.
Search
Close this search box.

कचनकवल गाउँपालिका भित्रका १७ वटा मुस्लिम टोललाई गाउँपालिकाद्वारा ताबुत वितरण

पालिका सन्देश। कचनकवल

कचनकवल गाउँपालिकाले सातवटै वडा भित्र रहेका १७ वटा मुस्लिम समुदायलाई १७ वटा मृतकको शव बोक्ने ताबूत वितरण गरेको छ। 

मुस्लिम समुदायमा कसैको मृत्यु भए जतिसक्दो चाँडो अन्त्येष्टिका लागि कब्रिस्तानसम्म लैजान पर्ने हुँदा यसले थप सहज र १२/१३ वटा बाँसको सट्टा अब १/२ वटा बाँसले काम गर्ने भएपछी सोमबार कचनकवल ४ स्थित मदरसा तालेमूल कुरानको परिसरमा भएको एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी र वडा नम्बर ४ का वडाध्यक्ष नुरजजमा मियाले १७ वटा मुस्लिम समुदायमा प्रतिनिधित्व गर्दै आएका वडाध्यक्ष तथा मुल्बीलाई ताबूत हस्तान्तरण गर्नु भएको हो। 

EPIC EPIC EPIC

कार्यक्रमा वडा नम्बर ३ का वडाध्यक्ष ग्यास अजमल मिया, वडा नम्बर ५ का वडाध्यक्ष नुर आलम उपस्थित थिए । त्यस्तै, वडा नम्बर ४ वडाध्यक्ष नुरजमा मियाँ, वडा सदस्य सन्तोष गणेश र महिला वडा सदस्य मुस्ताकिमा मियाँ र विभिन्न दलका प्रतिनिधि लगायत स्थानीयको उपस्थित रहेको थियो ।

Details

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *