झापामा मोटरसाइकल दुर्घटना हुँदा शाहको मृत्यु

बिर्तामोड । झापाको कनकाईस्थित लक्ष्मीपुर–घैलाडुब्बा सडकमा हिजो राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडको सञ्जय टेन्ट हाउस तथा बिर्तासिटी क्याफेका सञ्चालक भोला शाहका छोरा सञ्जय शाह रहेका छन् ।

गाईपूजाको दिन राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश २–०३–०१५ प ४०७८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

अनियन्त्रित भएको मोटरसाइकल सिडकनजिक रहेको विद्युतको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कनकाई ९ घैलाडुब्बा बस्ने करिब ४० वर्षीय शाह गम्भीर घाइते भएका थिए ।

घाइते शाहलाई उपचारका लागि बिर्तासिटी हस्पिटल पुर्याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *