बाँके प्रहरीद्वारा गोली प्रहार गरि ज्यान मार्ने उद्योग कसुरमा संलग्न एकजना पक्राउ

बाँकेको जानकी गाउँपालिकामा ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

EPIC

उक्त प्रहार गरिएको गोलीबाट बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् ।

EPIC EPIC EPIC

बाँकेका एसपी सुवासचन्द्र बोहराका अनुसार प्रहरीको खोजी सुचीमा रहेका उनलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको हो ।

कार्तिक ३० गते बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।

एसपी बोहराले खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रवार जानकारी गाउँपालिका–४ स्थित खुद्रा खजुरामा पुग्दा प्रहरीलाई देखेपछि भाग्न खोज्दा आकाश रानालाई गोली चलाएर नियन्त्रणमा लिएको बताए ।

रानाको दायाँ खुट्टामा गोली लागेको छ ।

कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखी ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *