पोखरामा गुम्बा राप्ने (प्राण प्रचिस्ठा) पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्वशान्ति पूजाको तयारी पूरा भएको छ ।
बैदाम तामाङ सेवा समाज पोखराको लेकसाईड खहरे स्ट्रिट नम्बर २० मा अवस्थित पेमा धेछेनलिङ गुम्बाको राप्ने (प्राण प्रचिस्ठा) पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी भएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
मङ्सिर २ गतेबाट सुरु हुने विश्व शान्ति पूजाको उद्दघाटन गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।
पूजाको पूर्वसन्ध्यामा मङ्सिर १ गते लामा गुरुहरुको र्याली गरिने छ । कार्यक्रममा तामाङ जातिहरुको संस्कृति, परम्परा अनुसार ताम्बाले डम्फु, टुङ्ना बजाउँदै गीतले स्वागत गरी बृहत पवित्र पूजाको सुरुवात गरिनेछ ।
उक्त पूजामा १०८ जना धर्म गुरु लामाहरुको उपस्थित रहनेछ भने ङिमा साङ्पो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहनेछ । देश तथा विदेशका १०८ जना लामा गुरुहरुबाट लगातार ८ औं दिनसम्म कङ्ग्युर पाठ पूजा चल्ने आयोजकले जनाएको छ ।