उर्लाबारीमा सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

मोरङको उर्लाबारी–५ मा शुक्रबार साँझ पौने ७ बजे सिटी सफारी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका– ५ तरूण चोक स्थित भित्रि सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकलका चालक उर्लाबारी ५ का ३० बर्षिय मौसम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटी सफारी र बिपरीत दिशा तर्फ आउँदै गरेको प्र १–०२–०५० प ३१२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए सो दुर्घटना भएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले तत्काल उपचारको लागि अरनिको हस्पिटल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल हस्पिटल विराटनगर लगेकोमा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका हुन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *