भारतले दिएको उपहार १५ वटा मुर्रा राँगा आज दिउँसो रुपैडिया नाका आइपुग्ने

तस्विर: फाइल

आज बाँकेको नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याइँदै छ ।

नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा.विनयकुमार कर्णले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

उनका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो ।  उनकाअनुसार उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएका राँगाको स्याहारका लागि एकजना भेटेरिनरी डाक्टर पनि सँगै रहेका छन् ।

नेपालमा आज आइपुग्ने १५ मुर्रा राँगालाई एक दिनका लागि नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखिने छ । स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न  स्थानमा पठाइने उनले बताए । राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा राखिने छ ।

राँगाबाट पोखरा, नेपालगञ्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने जनाइएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *