भद्रपुर। झापाको भद्रपुर नगरपालिकामा श्रीमान र श्रीमती मृत फेला परेका छन्।
भद्रपुर नगरपालिका १ चमेली बस्तीमा भविध्वज लिम्बुका ३६ वर्षिय छोरा सुवास लिम्बू र उनकी ३५ वर्षिया बुहारी जुनिता लिम्बू मृत फेला परेका हुन्।
बिहीवार बिहान सुवास घरदेखि १०० मिटर पर सालको रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् भने जुनिता घरभित्र सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन्।
रिजालका अनुसार बुधबार साँझ श्रीमान श्रीमतीको झगडा परेपछि उनीहरू बिच हातपात हुँदा श्रीमतीको मृत्यु भएपछि श्रीमानले सुडाइड नोट लेखेर आफू झुन्डिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।